
८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । कार्तिक आर्यनको शीर्ष भूमिका रहने ‘भूल भुलैया–३’ यतिबेला चर्चामा छ । विद्या बालन र तृप्ति डिमरीपछि अब फिल्मसँग अर्को बलिउड स्टारको पनि नाम जोडिएको छ । भारतीय सञ्चार माध्यमहरूमा छापिएका समाचारका अनुसार यस फिल्ममा माधुरी दीक्षित पनि प्रवेश गर्न सक्नेछिन् ।
तर निर्माताहरुले भने फिल्ममा माधुरीको इन्ट्रीको आधिकारिक पुष्टि गरेका छैनन् ।
‘भुल भुलैया ३’को छायाङ्कन सुरु भइसकेको छ । हालै हिन्दुस्तान टाइम्ससँगको एक अन्तर्वार्तामा निर्देशक अनीस बज्मीलाई माधुरी दीक्षितलाई ‘भूल भुलैया ३’मा देख्न सकिन्छ ? भनेर सोधिएको थियो । यसको उत्तरमा उनले जे हुन्छ त्यो हामी आफैँ भन्नेछौँ भनेका थिए ।

‘तृप्ति र विद्याको प्रवेशबारे भनिसकेका छौँ । तर अझै अरू पनि बाँकी छ । फिल्ममा थप कलाकारहरूको काष्टिङबारे कुराकानी भइरहेको छ । हामी छिट्टै यसको पनि घोषणा गर्नेछौँ ।’ बज्मीले भनेका थिए ।
केही दिनअघि कार्तिक आर्यनले आफ्नो घरको मन्दिर अगाडि शिर झुकाएको फोटो सामाजिक सञ्जालमा सेयर गरेका थिए । जसमा उनले क्याप्सन ‘आज मेरो करियरको सबैभन्दा ठुलो फिल्म सुरु हुँदै छ । ‘भुल भुलैया–३’ को शुभारम्भ,’ भनेर लेखेका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij