
५ चैत्र, बाँपिझ्याला । साक्षात भगवान दोलखा भीमेश्वरमा आज सोमबारको अवसरमा सन्ध्याकालिन आरती सम्पन्न गरिएको छ ।
सेतिदेवी झारफुक समूह तारथली दोलखाले पितृ उद्दार, मनोकाक्षां पुर्ण गर्न उक्त आरतीको आयोजना गरिएको हो भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर श्रेष्ठले बताउनु भयो ।

यसै गरी आरती दिप प्रज्वलन गर्ने पुरोहित पशुपती, डोलेश्वर महादेव मन्दिर लगायतका शक्तिपिठ र मठमन्दिरमा आरती गरी दिप प्रज्वलन गर्ने पुरोहित रहेको उहाँले बताउनु भयो । यसरी सम्पन्न सन्ध्याकालिन आरतीमा दोलखावासी, स्थानिय तथा बाह्य भक्तजन र आयोजक संस्था तारथली दोलखाका भक्तजन महानुभावहरुको व्यापक सहभागीता रहेको जानकारी प्राप्त भएको छ ।
विग भीमेश्वरमा सन्ध्याकालिन आरती शुरु गरिएको तर कोभिड पछी उक्त सन्ध्याकालिन आरती बन्द गरिएको भएतापनी गएको भीम एकादशी देखि भीमेश्वरको प्राङ्गणमा सामान्य सन्ध्याकालिन आरती शुभारम्भ गरिएको छ ।

यसै गरी बृहत्त रुपमा सन्ध्याकालिन आरतीका साथ दिप प्रज्वलन गर्ने बारे यहाँ व्यवस्थापन समिती लगायत सम्वन्धीत पक्षहरु बिच सल्लाह भईरहेको पनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij