
५ चैत्र, बाँपिझ्याला । अनिल बुढामगर निर्देशित फिल्म ‘घरज्वाँइ’ को छायाङ्कन सकिएको छ । एक महिनाको नियमित छायाङ्कन पछि फिल्म सकिएको निर्देशक मगरले बताए । फिल्मको छायाङ्कन ४० दिन लाग्ने अनुमान निर्माण युनिटको थियो । कलाकार र मौसमको साथको कारण फिल्म एक महिनामै सहिएको निर्माण युनिटको धारणा रहेको छ ।

गत फागुन ४ गतेदेखि सुरु भएको फिल्मको पुरै छायाङ्कन पूर्वी रुकुमको लुगुम, तक्सेरा लगायतका रमणीय स्थानमा गरिएको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायत कलाकारको रुपमा छन् ।

जनक घर्ती निर्माता रहेको फिल्म २०८१ को असारमा प्रदर्शन हुनेछ । फिल्मका लेखक अनिल बुढा मगर, विनोद खतिवडा, सुभाष कोइराला हुन् । जि.एम मुभिज प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, हर्क साउद/मनोज थापाको गीत संगीत, रामजी लामिछाने कोरियोग्राफर हुन् ।
आर आर फिल्मसका रोहित÷रत्नको वितरण रहेको फिल्मको अन्तर्ष्ट्रिय अधिकार एमएसएम इन्टरटेन्मेन्ट (अस्ट्रेलिया) ले लिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij