
२५ फागुण, बाँपिझ्याला, दोलखा । प्राचिन शहर दोलखा स्थित साक्षात भगवान दोलखा भीमेश्वरमा भेटी संकलनबाट ५ लाख २८ हजार ५ शय ८ रुपैया आम्दानी भएको छ । उक्त भेटी संकलन रकम एक महिना ५ दिन (२०८० माघ १९ देखि फागुण २५सम्म) को रहेको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका कोषाध्यक्ष समाजसेवी शुरेस श्रेष्ठले बताउनुृ भयो ।
यसरी भेटी संकलनबाट प्राप्त रकम हिसाव गरी आम्दानी जनाउनको लागि स्थानिय निकायको तर्फबाट भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, प्रहरी प्रशासनको तर्फबाट शसस्त्र प्रहरी बलका प्रतिनिधी, जनपथ प्रहरीका प्रतिनिधी र समितिका पदाधिकारी तथा सदस्यहरुको संयुक्त रोहवरमा आम्दानी जनाई मुचुल्का उठाईएको छ भनी कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

भेटी संकलन आम्दानी जनाउने कार्य चन्दा बाकसमा रकम जम्मा भएको आधारमा आवश्यकता अनुसार हप्तादिन, पन्द्र दिन, एक महिनामा प्राप्त भेटी रकमको आधारमा आम्दानी जनाउने गर्ने गरिएको छ भनी कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij