Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वर : भक्तजनको लागि सुरक्षित लकर र पूजा सामाग्री विक्री घर निर्माण गर्दै

दोलखा भीमेश्वर : भक्तजनको लागि सुरक्षित लकर र पूजा सामाग्री विक्री घर निर्माण गर्दै

२३ फागुण, बाँपिझ्याला, दोलखा । भीमेश्वर मन्दिरमा दर्शनार्थीहरुको जुत्ता चप्पल एत्र तत्र छरीएर रहेको अवस्थाले एकातिर परिसरको शोभा नदेखिने र अर्को तर्फ दर्शनर्थीहरुको जुत्ता चप्पल हराउने समस्याले ग्रसित भएकोले उक्त कुरालाई ध्यानमा राखी भीमेश्वर गुठी व्यवस्थापन समितीले भक्तजनको सर सामान लगायत जुत्ता चप्पलको सुरक्षाको लागि लकर घर निर्माण शुरु गरिएको छ ।

भीमेश्वर गुठी व्यवस्थापन समितिलाई विगत देखिनै यो कुराको व्यवस्थापन गर्नु पर्छ भनी लागेको थियो । तर दर्शनार्थीहरु मन्दिर प्रबेश गर्ने बाटो उत्रतत्र भएकोले त्यसको व्यवस्थापन गर्न कठिनाइ रहेको थियो । अब समितिले एकद्वार प्रणालीबाट मन्दिर प्रवेश गर्ने बाटो तय गरेकाले मन्दिरको मूल प्रवेशद्वार नजिकै दर्शनार्थीहरुको महत्वपूर्ण सामान लगायत जुत्ता चप्पल राख्नको लागि लकरको व्यवस्थापन गर्नका लागि घर निर्माण कार्य शुरु गरिएको छ भनी व्यवस्थापन समितीका अध्यक्ष एवं समाजसेवी भरत बहादुर श्रेष्ठले बताउनु भयो ।

भीमेश्वर मन्दिर मूल प्रवेशद्वारमानै खुट्टा पखालेर मन्दिर प्रवेश गर्ने पोखरीको निर्माण गर्ने

यसै गरी व्यवस्थापन समितिले मूल प्रवेशद्वार बनाउने योजना अनुसार यहि फागुन ८ गते भीमाएकाशीका दिन वरिष्ठ साँस्कृतीकविद्, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान नेपालका पूर्व उपकुलपती डा.जगमान गुरुङज्यूबाट उक्त मूल प्रवेश द्वारको शिलान्यास गरिएको छ ।

उहाँकै पहलमा नेपालका वरिष्ठ समाजसेवी श्री माया बैद्यज्यूबाट शिलान्यास भएको मूल प्रवेशद्वार निर्माण गर्न मिति २०८० फागुन २२ गतेका दिन प्राविधिक सहित भीमेश्वर मन्दिर आउनु भै पहिलो चरणको कार्य मूल प्रवेश द्वारको नक्सा डिजाइन गर्ने कार्यको शुभारम्भ गर्नु भएको जानकारी अध्यक्ष श्रेष्ठ दिनु भयो ।

भीमेश्वर मन्दिर मूल प्रवेशद्वारमानै खुट्टा पखालेर मन्दिर प्रवेश गर्ने पोखरीको निर्माण गर्ने योजना रहेको समेत उहाँले बताउनु भयो ।

पूजा सामाग्री फुल प्रसाद विक्री घर निर्माण :
भीमेश्वर मन्दिरमा दर्शन आउने दर्शनार्थीहरुको लागि फूल प्रसाद विक्री वितरण हाल यत्रतत्र छरिएर पसलहरु राखिएको छ । यसलाई व्यवस्थित गर्न भीमेश्वर मन्दिर परिसरको पश्चिम पट्टी १७ ओटा पसल कौल निर्माणाधिन अवस्थामा रहेको छ । केहि समय पछि निर्माण सम्पन्न भइसके पछि प्राथमिकताको आधारमा सार्वजनिक सूचना मार्फत पसल कौल वितरण गरिने जानकारी दिनु भयो ।

यसै गरी मन्दिर परिसर संगै पूजा सामाग्री फुल प्रसाद विक्री घर खुल्ला संगै दर्शनार्थीहरुको लागि र पसल व्यवसायीहरुको लागि सुविधा हुनेछ ।

श्रोत : भीमेश्वर गुठी व्यवस्थापन समिती

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार