Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

छोटकरीमा: दोलखा भीमेश्वरमा भक्तजनबाट हिजो आज

छोटकरीमा: दोलखा भीमेश्वरमा भक्तजनबाट हिजो आज

चाँदीको सिक्का:

भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक स्थाई घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ९ पुरानो बानेश्वर बस्दै आउनु भएका कल्पबृक्ष ज्वलर्स दिनेशमान शाक्यबाट दिवंगत पिता अष्टमान शाक्य माता तिर्थलक्ष्मि शाक्यको सस्मरणमा आज २०८० साल फागुण १९ गते शनिवारका दिन श्री भीमेश्वर भगवानमा चाँदीको सिक्का चढाउनु भएको छ ।

यसरी दिवंगत माता पिताको नाममा विगत केही वर्षदेखि दोलखा भीमेश्वरमा चाँदीको सिक्का चढाउँदै आई रहनु भएको छ । भीमेश्वर भगवानको पाउमा चाँदीको सिक्का थान १, सिनःमुज्वाला न्ह्यंक १ जोडी श्रध्दापूर्वक चढाउनु भएकोमा दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीको तर्फबाट उहाँ र उहाँको परिवारलाई सधै भगवानले रक्षा गरुण भनी दोलखा भीमेश्वरमा आशिक माग्नु भएको छ ।

चाँदीको किकृपा:

भक्तपुर जिल्ला, च्यमासिं ७ निवासी सुर्यराम ध्वजुबाट श्री भीमेश्वर भगवानमा श्रध्दापूर्वक चाककदीको पञ्चमुखी किकृपा थान १ हिजो २०८० फागुण १८ गते शुक्रबार चढाउन भएको छ । निज सुर्यराम ध्वजु सुरज ध्वजु पुज्यनिय बुवा, निरु प्रधानका ससुरा बुबा हुनु हुन्छ ।

यसरी भीमेश्वर भगवानको नाममा चाककदीको पञ्चमुखी ककिृपा चढाएकोमा भीमेश्वर गुठी व्यवस्थापन समितीले उहाँ र उहाँको परिवारलाई दोलखा भीमेश्वरले सधै कल्याण गरुण भनी आशिक माग्नु भएको छ ।

चाँदीको छाता :

भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ९, देगइना निवासी बिष्णु कुमार सायजु र उहाँको परिवारबाट श्री भीमेश्वर भगवानमा श्रध्दापूर्वक चाककदीको छात्र (छाता) थान १ चढाउनु भएको छ ।

यसरी वहाँ र वहाँको परिवारको तर्फबाट चाँदीको छाता चढाउनु भएकोमा दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीको तर्फबाट उहाँ र उहाँको परिवारको मनोकाक्षा पुरा गरुन भनी भगवान श्री भीमेश्वरको कृपा सदैव कल्याण गरोस् भनी वर मागीएको छ ।

श्रोत : भीमेश्वर गुठी व्यवस्थापन समिती

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार