
अजय प्रधान, दोलखा ।
नेपाल सम्वत् ११४५, सिल्लाथ्वः १५ पूर्णिमा (३० माघ, २०८१, १२ फ्रेवअरी २०२५) बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखा एवं हालको भीमेश्वर नगरपालीका वडा नं. २ स्थित सहधारा (सहश्र) जात्रा सम्पन्न भएको छ । सम्पदा सम्पदाले भरिएको दोलखा शहरको भीमेश्वर नगरपालीका वडा नं. २ दोलखामा सहधारा (सहस्र) जात्रा भव्य रूपमा सम्पन्न भएको छ ।


दोलखा शहरको वस्तीभन्दा पूर्वमा रहेको तिर्थस्थल वाराणसीमा स्थानिय दोलखावासी युवाहरु भेला भएर तिर्थस्थलको पानीले नुवाई धुवाई गरी चोखो भई सहधारा जात्रामा सहभागी हुने परम्परा अनुृसार यस पाली पनि सोही अनुसारको नियम पालना गरी सहजात्रामा सहभागी स्थानिय युवाहरुलाई पुरोहित बाजे प्रदिप सापकोटाले मन्त्र वाचन गरी सहभागीहरुलाई सकल्प गरी जात्र शुरु गरी दोलखा शहर परिक्रमा गरी विगत बर्षहरुमा झै जात्रा सम्पन्न गरिएको छ ।

पौष शुक्ल पूर्णीमादेखि माघ शुक्ल पूर्णीमासम्म दोलखावासीले विहान विहान गणेशथानबाट शुरु गरी भीमेश्वर मन्दिरमा समापन गर्ने गरी गाईने माधवनारायणको भजन किर्तन सँगै सहधारा जात्रा भव्य रुपमा सम्पन्न भएको छ भनी वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले बताउनु भयो ।
यस बर्षको श्री स्वस्थानी ब्रत कथाको अन्तिम दिन र सहधारा जात्राको समापन दिन भएकोले दोलखामा यसको छुट्टै मौलिक परम्परा विधीबाट सम्पन्न गर्ने परम्परा रहेको समेत वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।



आजको दिनमा दोलखाका स्थानिय महिला दिदीबहीनीहरु घरैपिच्छै श्री स्वस्थानी ब्रतकथाको अन्तिम दिनको अवसरमा ब्रत लिने भजन मण्डली स्थानियहरु सहधारा जात्रा संगै दोलखा शहर परिक्रमा गर्ने चलन रहेको छ ।
Photo : Chandra Laxmi Pradhan, Mr. Damber Chaulagai, Mr. Shanta Stha



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij