
बाँपिझ्याला, दोलखा । प्राचिन शहर दोलखा स्थित साक्षात भगवान दोलखा भीमेश्वरको प्रवेशद्वार बरिष्ठ संस्कृतिविद्, नेपाल प्रतिष्ठानका पूर्व उपकुलपति तथा नेपालऋषि डा. जगमान गुरुङज्युद्वारा शिलान्यास गरिएको छ ।
आज २०८० साल फागुण ८ गते भीम एकादशीको अवसरमा बरिष्ठ संस्कृतिविद्, नेपाल प्रतिष्ठानका पूर्व उपकुलपति तथा नेपालऋषि डा. जगमान गुरुङज्युको हातबाट शिलान्यास गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष समाजसेवी भरत श्रेष्ठले बाँपिझ्याला डटकमलाई बताउनु भयो ।

उक्त शिलान्यास कार्यक्रममा बरिष्ठ कलाकार समाजसेवी मदनदास श्रेष्ठ, समाजसेवी कृष्ण प्रसाद मास्के, जेष्ठ नागरिक अमृतबहादुर श्रेष्ठ, भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, पुर्व वडाध्यक्ष युवा समाजसेवी विराजमान श्रेष्ठ, युवा समाजसेवी एवं अधिवक्ता प्रविण प्रधान, राप्रपाका नेता सुन्दर प्रकाश खड्का लगायत बिभिन्न राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधी र स्थानिय जनप्रतिनिधी तथा दोलखावासी हरुको उपस्थिती रहेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij