
२७ माघ, बाँपिझ्याला, दोलखा । दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिको आयोजनामा हुन गईरहेको प्रबचन कार्यक्रममा सहभागी हुन सम्पूर्ण भक्तजन तथा दोलखावासीहरुलाई सहभागी हुन अनुरोध गरिएको छ ।
यही २०८० साल फागुण ७ गते विहान ८ः०० बजे हुनगईरहेको प्रवचन कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ संस्कृतिविद्, नेपाल प्रतिष्ठानका पूर्व उपकुलपति तथा नेपालऋषि डा. जगमान गुरुङज्यूबाट प्रवचन दिईने जानकारी दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो ।

यसै गरी २०८० साल फागुण ८ गते विहान ८ बजेदेखि विहानको ९ बजेसम्म भीमेश्वरमा लघु रुद्री, पूजापाठ र होम यज्ञको कार्यक्रम रहेको र बेलुका ६ः३० बजेदेखि संगितमय आरती पूजा र भक्तजनहरुबाट रातभर जाग्राम बसी बत्ति बाल्ने र भजन किर्तन गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
यसरी दुवै दिन हुन गईरहेको धार्मिक अनुष्ठानको कार्यक्रममा उपस्थित भई दिन अध्यक्ष भरत श्रेष्ठले आग्रह सहित आमन्त्रण गरिएको छ ।




केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij