
२६ माघ, बाँपिझ्याला, दोलखा । दोलखा भिमेश्वरमा २०८० फागुण ८ गते भीम एकादशीको अवसरमा लघु रुद्री पूजा र होम यज्ञमा गर्ने भएको छ ।
भीमेश्वरको आरधनाबाट सन्तुष्ट भई आराध्यदेव भगवान श्री महादेवबाट ऋणमा परेका व्यापारीहरुलाई ऋण मोचन गराउन सक्ने बरदान प्राप्त गरेको भीमाएकदशी महानपर्वको सु–अवसरमा दोलखा श्री श्री श्री भीमेश्वरमा धार्मीक अनुष्ठान अनुसार पूजा आरधना हुने भएकोले सम्पूर्ण भक्तजनहरुलाई आमन्त्रण गरिएको छ ।
फागुण ८ गते विहान ९ः०० बजेदेखि भिमेश्वर मन्दिरमा लघु रुद्री पूजा–पाठ र होम यज्ञ गर्ने, दिनको १ बजेदेखि प्रसाद ग्रहण गर्ने र बेलुका ६ः३० बजेदेखि संगितमय आरती पूजा र रातभर जागराम बसी बत्ति बाल्ने र भजनकृतन कार्य तालिका तय गरिएको छ भनी दोलखा भिमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो ।
यसै उक्त कार्यक्रममा सम्पूर्ण भक्तजन महानुभावहरुको उपस्थितीको लागि भीमेश्वर व्यवस्थापन समितीको तर्फबाट उपस्थितीको लागि हार्दिक आग्रह सहित आमन्त्रण गर्नु भएको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij