५ माघ, बाँपिझ्याला, काठमाण्डौं । नेपाली संगीत क्षेत्रका मुर्धन्य व्यक्ति गायक योगेश वैद्यको बिहिवार राति उपचारका क्रममा निधन छ । विहीबार दिउँसो बान्ता भएर बेहोस भए पनि यस्तो समस्या पहिले पनि देखिएकाले ठीक हुने आशा परिवारले गरेको तर पछि सास फेर्न गार्हो भएकोले काठमाडौं भ्याली अस्पताल लगे पनि उपचारका क्रममा राति १२ः३० बजे उहाँको निधन भएको उहाँकी शिष्या रिता महर्जनले बताउनु भयो ।
गायक वैद्य ७७ वर्षका हुनुहुन्छ । उहाँको दुई छोरी र एक छोरा छन् । यही माघ १ गते मात्र उहाँलाई गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानले ‘धुस्वां सायमि सिर्जना सिरपाः’ प्रदान गरेको थियोे ।
दिवंगत योगेश वैद्यले नेपालभाषा र खस नेपाली भाषाका धेरै लोकप्रिय गीत गाउनु भएको छ । नेपाली भाषामा उहाँको ‘सपना भुलाइ सारा आँशु लिएर जाऊ‘’, ‘मेरो आँशुमा नहाँसे‘।’, ‘नेपाल मेरो उपहार भो‘’ अत्यन्त लोकप्रिय छन् । यस्तै नेपालभाषामा ‘जय नमो सिरि बुद्ध भगवान‘’, ‘जिमि यःम्ह थौं जिथाय् वइ‘।’ आदि लोकप्रिय रहेका छन् ।
पछिल्लो समय उहाँ गायिका रीता महर्जनसँग मिलेर नयाँ नेवार गीत कम्पोज गर्ने र पुराना गीत नयाँ ढंगले गाउने कार्य गर्दै आउनु भएको थियोे ।
मुर्धन्य व्यक्तीत्व आदरणीय योगेश बैद्यज्युको निधनले नेपालको सांगितिक क्षेत्रमा ठुलो क्षति भएको छ । यस दुःखद् घडीमा वहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा बाँपिझ्याला मिडिया र दोलखावासी अनी सम्पूर्ण नेपालीहरुकोे तर्फबाट हार्दिक सम्वेदना व्यक्त गर्दछौं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij