
२५ पुष, बाँपिझ्याला, काठमाण्डौं । अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो समय ‘मौन’ छिन् । तीन महिनाको अन्तरालपछि सोमबार बेलुका उनले ताजा तस्वीरसहित अर्थपूर्ण अभिव्यक्ति पोस्ट गरेकी छन् जसले उनको ‘मुड’ दर्शाउँछ ।
फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट क्यामुको उद्धरणसहित उनले फोटो सेयर गरेकी छन् । ‘चिसो मौसमको गहिराइमा मैले थाहा पाएँ कि त्यहाँभित्र एक बलियो गर्मीयाम पनि छ’ नम्रताले लेखेकी छन् ।

उनले छनोट गरेको यो उद्धरणले यी अभिनेत्रीले पछिल्लो समय के सोचिरहेकी छिन् भन्ने दर्शाउँछ । उक्त फोटोमा नम्रता जिन्सको आउटरमा आकर्षक देखिएकी छिन् । फोटोको पृष्ठभूमिमा कुनै ताल देखिन्छ । उनले हालैको घुमघामको फोटो सेयर गरेको अनुमान गरिएको छ ।
नम्रताले पछिल्लोपटक १५ अक्टोबरमा दशैं घटस्थापनाको शुभकामना पोस्ट गरेकी थिइन् । अन्तरालपछिको पोस्टमा फ्यानले प्रतिक्रिया जनाएका छन् । ‘सानो संसार’बाट फिल्म करिअर थालेकी नम्रताको पछिल्लो फिल्म ‘जाइरा’ थियो ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij