Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

फिल्म ‘दिमाग खराब’ ले शनिबार प्रदर्शनको ५१औं दिन मनाएको

फिल्म ‘दिमाग खराब’ ले शनिबार प्रदर्शनको ५१औं दिन मनाएको

१४ पुष, बाँपीझ्याला, काठमाण्डौं । फिल्म ‘दिमाग खराब’ ले शनिबार प्रदर्शनको ५१औं दिन मनाएको छ । निर्देशक निश्चल बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘दिमाग खराब’ले काठमाडौँको रञ्जना सिने प्लेक्समा ५१ दिन मनाएको हो । कार्तिक २४ गतेबाट रिलिजमा आएको यो फिल्म रञ्जनासँगै अन्य केही हलमा ५१ दिनसम्म प्रदर्शन भइरहेको छ । नेपालसहित केही मुलुकमा समेत फिल्म चलिरहेको छ ।

यस्तै, फिल्मले ५१ दिन मनाएको खुसियाली साट्न आयोजित कार्यक्रममा निर्देशक निश्चल बस्नेतले ‘दिमाग खराब’को सिक्वेल निर्माणको घोषणा समेत गरेका छन् । निश्चलले वि.सं २०८३ सालको दसैंमा यो फिल्मको सिक्वेलको रिलिज गरिने बताएका छन् ।

फिल्मको ५१औं दिनको अवसरमा निर्देशक बस्नेतसहित कलाकारहरूले दर्शकलाई धन्यवाद दिएका छन् । कार्यक्रममा कलाकारद्वय खगेन्द्र लामिछाने र दयाहाङ राई, नायिका स्वस्तिमा खड्का, कलाकार विजय बराल, सुमन कार्की, रमा थपलिया लगायतको उपस्थिति थियो ।

आकाश बरालको लेखन रहेको यो फिल्मले व्यवस्थाविरुद्ध असन्तुष्ट आम मान्छेको सङ्घर्ष र शक्तिसम्मको यात्राको कथा पेस गर्छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मको शीर्ष भूमिकामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायत कलाकारको अभिनय छ । फिल्मको निर्माता रौनक विक्रम कँडेल र कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार