
२ पौष, बाँपीझ्याला, दोलखा । दोलखाको दक्षिणी मेलुङ गाउँपालिकामा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधीमा डाँडाखर्क माविले हात पारेको छ । लगातार तेस्रो जितसँगै डाँडाखर्कले रनिङ शिल्ड पूर्ण रुपमा आफनो बनाएको छ ।

यस पटकको प्रतियोगितामा उक्त विद्यालयले ९ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १७ पदक प्राप्त गर्यो । त्यस्तै ५ स्वर्ण, ८ रजत र ४ कास्य सहित त्रिभुवन मावि मेलुङले द्वितिय स्थान ओगट्न सफल भएको छ भने ४ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित लक्ष्मी मावि घ्याङ तृतिय भएको छ ।
मेलुङ गाउँपालिका भरका ११ ओटा माध्यमिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा सत्यश्वर मावि पवटीले २ स्वर्ण, ४ रजत र ३ कास्य, भँगेरी मावि पवटीले २ स्वर्ण, १ रजत र ३ कास्य, आजादी माविले १ स्वर्ण, २ रजत र १ कास्य तथा भीम मावि बुद्धचोकले १ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेका छन् ।

प्रतियोगितामा सहभागि भूमेस्थान माविले २ रजत र १ कास्य प्राप्त गरिरहँदा कालिका मावि ४ कास्य र जुके मावि १ कास्य पदकमा चित्त बुझाउन बाध्य भए । भीम मावि धनुकेले भने यस पटकको प्रतियोगितामा पदकको खाता खोल्न सकेन ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij