
२७ मंसिर, बाँपीझ्याला, काठमाडौं । नेपाली संगितको अहोरात्र रूपमा लागि रहेका बहुमुखी गायक ओम सुनारको नेतृत्वमा निःशुल्क संगीत प्रशिक्षण जारी राखेका छन् । संगित अनुसन्धान तथा विकास मञ्च नेपाल (MRDF Nepal) ले निःशुल्क रुपमा संगित सिकाउँदै आइरहेको छ । यसै क्रममा गत शनिबार अध्यक्ष सुनारले काठमाडौंको बालमन्दिर स्थित संगीत प्रशिक्षण भइरहेको स्थानको अवलोकन गरेका छन् ।

बालमन्दिरमा बिगत ६ महिनादेखि संगीत कक्षा निरन्तर चलिरहेको कुरा पनि जानकारी गराएका छन् । नेपाली मौलिक गीत संगीतको जर्गेना, संरक्षण, खोज, अनुसन्धानका साथै प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको सो संस्थाले विभिन्न अनाथ आश्रममा रहेका बाललिकाहरु, बृद्वा आश्रममा रहेका बृद्धबृद्धाहरुलाई निःशुल्क रुपमा संगित सिकाई रहेको सो संस्थाका अध्यक्ष ओम सुनारले बताउनु भयो ।

मानवीय सामाजिक सेवा सद्भावले सहयोग गर्दै आएको यस संगित अनुसन्धान तथा विकास मञ्च नेपाल वि.सं. २०६५ सालमा स्थापना भएको हो । यस संस्थाको ध्येय नेपाली संगीत अनुसन्धान गर्ने लगायत तालिम मार्फत विभिन्न सांगितिकको ज्ञान दिने कार्य गर्दै आएको छ ।
देशविदेशीमा रहेका दाताहरुले अनार्थ बालबालिका, बृद्धबृद्धाहरुलाई गीत, संगीत सिक्नका लागि चाहिने सामाग्रीहरु गितार, हाम्रोनियम, बाँसुरी, सांरगी, मादल तबला जस्ता सामाग्री देश बिदेशमा रहनु भएका सहयोगी दाताहरुले सहयोग गरिरहनु भएको र आगामी दिनमा पनि सहयोग गर्न समेत सस्थाका अध्यक्षले अनुरोध गरेका छन् ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij