Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

रूचाइयो पूजा र आकाशको फिल्म 'सम्हालिन्छ कहिले मन' भिडिओ.....

रूचाइयो पूजा र आकाशको फिल्म 'सम्हालिन्छ कहिले मन' भिडिओ.....

१२ मंसिर बाँपीझ्याला, काठमाण्डौं । सुदर्शन थापा निर्देशित फिल्म 'सम्हालिन्छ कहिले मन' युट्युबमा रूचाइएको छ। यो फिल्म गतवर्ष भदौमा हलमा प्रदर्शन भएको थियो। हलमा दर्शकको साथ पाउन नसकेको फिल्मले युट्युबमा भने राम्रो प्रतिक्रिया पाएको छ।

दर्शकले राम्रो फिल्म रहेको बताउँदै अभिनेत्री पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको अभिनयको तारिफ गरेका छन्। यो समाचार तयार पार्दा १७ लाख ४६ हजार भ्यूज पाएको छ भने १८ सयभन्दा बढी कमेन्ट पाएको छ। योसँगै फिल्म युट्युब ट्रेन्डिङको ११ नम्बरमा पर्न सफल भएको छ।

त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा पूजा, आकाश र सोनमसँगै सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायत कलाकारको अभिनय छ। गायक सोनम तोप्देनले यही फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन्। उनी बलिउडका चर्चित गीतको कभर संस्करणमा रूचाइएका गायक हुन्।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अमित बस्नेत, परी राना र अजितकुमार थापा छन्। फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन्। सौरभ लामाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

https://youtu.be/IJrUviLbb0M

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार