
बाँपीझ्याला, काठमाण्डौं । नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी राम्रो जमेको छ । ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ गरेर तीन फिल्म हिट दिएका यो जोडीलाई लिएर फिल्म बनाउनेको ताँती छ ।
केही जोडी यस्ता पनि जसले धेरै फिल्म एकसाथ काम गर्दा पनि जोडीको रुपमा जम्न सकेको छैनन् । ती मध्येको एक जोडी अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउतको पनि हो । यो जोडीको ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘गोपी’, ‘के घर के डेरा’ गरेर ४ फिल्ममा एकसाथ काम गरिसकेका छन् । तर जोडीका रुपमा भने यी कलाकार स्थापित हुन नसकेको देखिन्छ ।

विपिन र वर्षाको सहकार्य रहने ५ औं फिल्म ‘महाजात्रा’ को बुधबारबाट छायांकन सुरु भयो । काठमाडौँमा एक समारोहका बीच शुभमुर्हूत समेत गरिएको थियो । सोही कार्यक्रममा पत्रकारको विपिनलाई प्रश्न थियो– ‘वर्षासँगको जोडी नोटिस हुन नसक्नुको कारण के होला ? जवाफमा विपिनले आफुहरुले जोडी नोटिस हुने गरेर काम गर्न नसकेको बताए ।

विपीको कुरोमा वर्षाले पनि सहमति जनाइन् । थपिन्, ‘हामीले जोडीको रुपमा दर्शकको ध्यान केन्द्रित हुने जस्तो भूमिका नपाएको पनि हुनसक्छ ।’ आफूहरुले जति फिल्ममा काम गरेको भएपनि सबै फिल्ममा स्क्रिन शेयरिङ कम भएको बर्षाको धारणा रहेको थियो । वर्षाले विपिनसँगको जोडीको रुपमा ‘महाजात्रा’ले भने छाप छोड्ने बताइन् ।
‘महाजात्रा’ प्रदीप भट्टराइको निर्देशनमा बन्न लागेको हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij