

बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री वर्षा सिवाकोटीलाई नेपाली फिल्म क्षेत्रको अभिनयमा भाग्य साथ नदिएको हो की जस्तो भएको देखिन्छ । डेव्यु फिल्म नाई नभन्नु ल २ र पशुपति प्रसाद बाहेक उनले अभिनय गरेका अधिकांस फिल्म लगातार असफल भएपछि वर्षालाई ‘अनलक्की’को रुपमा हेरिएको थियो।
तरपनी बर्षाले आफूले अभिनय गरेका फिल्म असफल भएपनि फिल्मको अभाव भने भएन । उनले हरेक बर्ष १–२ वटा फिल्ममा काम गरिरहेकी छिन् । उनको अभिनय र सुन्दरताको तारिफ हरेक फिल्ममा हुने गरेको छ । जसले गर्दा उनलाई काम अभाव कहिले भएको छैन ।

तर पनि एउटा हिटको खोजीमा रहेकी वर्षाले ‘परदेशी २ बाट यो कमी पूरा गरेकी छिन् । उनले आफ्नो अभिनयमा उत्कृष्ठ हासिल गर्न सफल भएको देखिन्छ । नारायण रायमाझी निर्देशित यो सामाजिक फिल्मले दर्शकको मन जितेको छ । समीक्षकबाट उति धेरै तारिफ नपाएको फिल्मले विदाको मौका छोप्दै सफलता हासिल गरेको छ । फिल्ममा वर्षा शिवाकोटीले लुजाको भूमिका निर्वाह गरेका छन् ।

दसैँको छेको पारेर रिलिज भएको फिल्म ‘परदेशी २’ ले लगानी उठाएपछि वर्षालाई ठूलो राहत मिलेको छ । आउँदो वर्ष वर्षाको ‘काजी’ रिलिज हुनेछ । यो सिनेमामा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij