
बाँपीझ्याला, काठमाण्डौं । मुम्बई - पहिलाको सिजनझैँ ‘कफी विथ करण’को नयाँ सिजनले पनि ट्रोलरलाई प्रशस्त खुराक दिएको छ । आठौँ सिजनको पहिलो भागमा देखा परेका रनवीर सिंह र दीपिका पादुकोनले प्रेमदेखि विवाहसम्मका किस्सा सुनाउने क्रममा दुवैको इमेज विपरितका कुरा साझा गरेपछि ट्रोलरले रनवीर र दीपिकालाई निशाना बनाएका छन् ।

करण जोहरको चर्चित शो ‘कफी विथ करण’ मा दीपिकाले आफू रणवीरसँग पनि गम्भीर सम्बन्धमा नभएको बताएपछि ट्रोल भएकी हुन्।दीपिकाले भनेकी थिइन्, ‘ हामी एक अर्कासँग भेट पनि गरिरहेका थियौँ तर टेक्निकल्ली कमिटेड थिएनौँ । म रनवीरसँगै अरुलाई पनि भेटिरहेकी थिएँ तर मेन्ट्ल्ली रनवीरसँगै कमिटेड थिएँ । जता बरालिए पनि फर्केर रनवीर भाठाउँ नै आइरहेको थिएँ । तर जब उनले मलाई विवाहको प्रस्ताव राखे, म गम्भीर भएँ ।’

दीपिकाले थप भनिन्, ‘म अविवाहित नै रहन चाहन्थें किनभने म दुईवटा कठिन सम्बन्धबाट बाहिर आएकी थिएँ । म कसैप्रति प्रतिबद्ध हुन चाहन्नथें ।’दीपिका कुनै समय रनवीर कपुरसँग गहिरो प्रेममा थिइन् । दीपिकाले मिडियामा रनवीर कपुरले धोका दिएको आसयको कुरा गरेकी थिइन् ।

अहिले दीपिकालाई धेरैले रनवीर कपुरलाई दोष दिने बेलामा सति सावित्री बनेको तर असली चरित्र अर्कै रहेको भन्दै मजाक गरिरहेका छन् । उता रनवीरले पनि दीपिकासँगको पहिलो भेटको कथा सुनाउने क्रममा अनुष्का शर्मासँगको भेटको कथा दुरुस्त सुनाएकाले रनवीर पनि ट्रोल बनिरहेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij