

बाँपीझ्याला, काठमाण्डौं । रजनीकान्तको ‘जेलर’लाई पहिलो दिनको कमाइमा पछि पारेको विजयको फिल्म ‘लियो’ले अर्को कीर्तिमान पनि कायम गरेको छ । फिल्म सबैभन्दा चाँडो ५ सय करोड कमाउने भारतीय फिल्म बनेको छ । यो क्रममा ‘लियो’ले शाहरुख खानको ‘जवान’लाई पनि पछि पारेको हो । १९ अक्टोबरका दिन रिलिज भएको फिल्मले ६ दिनमा ५ सय करोडको आँकडा पार गरेको हो ।
‘लियो’को कमाइमा देशसँगै विदेशको हिस्सा पनि बराबर छ । फिल्मले भारतमा २ सय ५० करोड कमाइ गरेको हो भने विदेशबाट पनि उतिनै कमाइ गरेको हो । ‘जेलर’ र ‘जवान’लाई यति नै आम्दानी गर्न २० दिन बढी लागेको थियो ।

‘लियो’ तमिलमा पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने फिल्म पनि बनेको थियो । फिल्मले पहिलो दिन नै १ सय ७२ करोड कमाइ गरेको थियो । जबकि यसअघि ‘जेलर’को पहिलो दिनको कमाइ १ सय ४३ करोड थियो । ‘जवान’ले १ सय २७ करोड कमाएको थियो ।
अब ‘लियो’ रजनीकान्तको ‘जेलर’भन्दा सय करोडले पछि छ । तर पछिल्ला दिनमा यो फिल्मको कमाइ निरन्तर घट्दो क्रममा रहेको व्यापार विश्लेषकको आँकडा छ । ‘जेलर’ले ६ सय ४ करोड कमाइ गरेको थियो । ‘लियो’को एक्सन र ब्याकग्राउन्ड म्युजिकको तारिफ भए पनि कथा बलियो नहुँदा फिल्मले सोचेझैँ व्यापारको रफ्तार कायम गर्न सकेको थिएन ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij