
नेपाल सम्वत् ११४४, कौलाथ्वः १० (२७ असोज, २०८१) आईतबार, बाँपीझ्याला । ऐतिहासिक प्राचिन शहर नेवार जातिको उद्गम थलोको रुपमा स्थापित रहेको दशैको विशेष महत्व अनी आकर्षण रहेको प्राचिन शहर दोलखामा खड्ग जात्रा आज मनाउँर्दै धुमधाम सम्पन्न गरिएको छ । एकादशीको दिन मनाईने यो खड्गजात्रा देवता र दानव विचको विषन युद्धलाई अभिनय र नाचको माध्यमबाट प्रस्तुत गर्ने गरिन्छ । बडा दशैको विशेष आकर्षण र महत्वका साथ मनाईने यो खड्ग जात्रा देवता र दानव बिचको युद्धलाई समेट्ने गरेका पाईन्छ । जुन जात्रा यस बर्ष आज एकादशीको दिन सम्पन्न भएको छ ।

प्राचिन शहर दोलखामा खड्गजात्रा नेपाल सम्वत् ८४७ अर्थात वि.सं. १७८४ देखि शुरु भएको दोलखा स्थित भेटिएको ताम्रापत्रहरुले प्रमाणीत गरेको पाईन्छ । यो जात्रा राजाको कुल मानिने राजकुलेश्वर तलेजु मन्दिरबाट शुरु गर्ने चलन रहेको छ । याकरगण नक्छे प्रधान खलक अर्थात सेनापतीको नेतृत्वमा शुरु हुने यस खड्गजात्रामा उनको साथ अंगरक्षक भगवती तथा अन्य खड्गदारी गणहरु सहभागी हुने गर्दछन् ।
दोलखा शहरको बहिर टोलको डब्बलीबाट युद्धको अभिनय गर्दै श्यामसुन्दर टोल, कोर्छे टोल हुर्दैै टसिचा टोल पुग्दा शक्ति क्षय हुने जनविश्वास रहेको छ । यही जनविश्वासका साथ यस जात्राका मुख्य पात्र अर्थात सेनापती र अंगरक्षक लडाईको लागि शक्ति माग्न दोलखा शहरको मध्य तल्लो टोल स्थित पिङ्गल टोलमा बालकुमारीको मन्दिर पुग्छन् । यो मन्दिरमा देविबाट शक्ति स्वरुप दुईजना खड्गधारी सहयोगको लागि प्राप्त भएको मानिन्छ ।

यी थप खड्गधारी संर्गै लिएर निरन्तर लडाईको अभिनय सँगै दोलखा शहरको माथिल्लो टोल, लिष्टोल, भीमसेन डब्बली, पुरान्छे हुर्दै प्रख्यात साक्षात भगवान भीमेश्वर मन्दिर पुग्ने गर्दछ । यसरी मन्दिरमा पुगेपछी दावनका रुपमा राखिएका तिनवटा राँगालाई सवै खड्गधारीहरुले खड्गले प्रहार गरी दानवलाई बध गरिएको अभिनय गर्दछन् ।
यसरी युद्ध अभिनयको जात्राको साथ साथै खड्धारीहरु त्रिपुरा सुन्दरी माईको मन्दिरमा पुग्दा पुनः शक्ति कम भएको मान्यता अनुसार देवीसँग शक्तिका लागि पूजा अर्चना गर्ने परम्परा रहेको छ । यसरी दावनमाथी विजय हासिल गर्न देवीले आफ्नो छोरो बटुक भैरवलाई युद्धमा पठाएको सन्देश यहाँ देख्न पाईन्छ । बटुक भैरव जात्रामा मिसिएपछी युद्धको अभिनयमा घनघोर र संग्राम जस्तो देखिन्छ ।

यसरी जात्राका यी पात्र अभिनय गरिरहन्दा अन्य खड्गधारीहरु भजन किर्तनको तालमा अभिनय गरिरहेका पाउँछौं । यतिवेला बटुक भैरवले दानव खोज्ने र सेनापतीले संग्राम गर्ने अभिनय प्रस्तुत गर्ने गरिन्छ । यही युद्ध अभिनयका साथ जात्रा भी.न.पा –२ दुङ्गल टोल, पिङ्गल टोल हुर्दै पुनः राजकुलेश्वर मन्दिर, बहिर, नक्छे, बहार टोल हुर्दै खिगल्चा अर्थात दावनको शिर क्षदन हुने मण्डप (दोलखाली नेवारी भाषामा छेर प्वाले दोबटा) पुग्छन् अनी यो मण्डपमा राखीएको शुम्भ र निशुम्भ राक्षसको प्रतिकको रुपमा राखिएको २ वटा राँगो टाउकोलाई सवै खड्गधारीले प्रहार गरी राक्षसलाई बध गरिएको अभिनय गर्ने गरिन्छ ।

यसरी शुम्भ र निशुम्भको बध गरिएपछी विजय स्वरुप संगुन बाजागाजा सहीत खड्धारीहरु जात्राको समापन गरि फर्केने चलन रहेको छ । यस खड्गजात्राले धार्मीक एवं साँस्कृतीक महत्व बोकेको कारण यो खड्गजात्रा आस्था र विश्वासको प्रतिक रहेको दोलखाको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ । यस खड्ग जात्रामा स्थानिय नेवार जातीहरुको मात्र सहभागीता नभई सिङ्गो दोलखा जिल्लावासीहरु र उपत्यकाका तिन जिल्ला र छिमेकी जिल्लाका भक्तजनहरुको समेत सहभागीता रहेको पाईन्छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij