बाँपीझ्याला, दोलखा । विगु गाउँपालिका वडा नम्बर–२ ओराङमा सोमबार साँझ बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
विगु–१ लामाबगरको जगतबाट देउलाङतर्फ जाँदै गरेको बोलेरो राईबेटारमा दुर्घटना हुँदा स्थानीय बालमाई तामाङ र चिनीमाया तामाङको मृत्यु भएको वडा अध्यक्ष दिपक ठकुरीले जानकारी दिनुभयो । दुर्घटनामा परेर चार जना घाईते भएका छन् ।
घाईतेहरुको उद्धार गरेर उपचारका लागि पठाईसकिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा प्रहरीको टोली समेत पुगिसकेको छ भनी भिलेज खबरमा उल्लेख गरिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij