
नेपाल सम्वत् ११४४, कौलाथ्वः ६, (२३ असोज, २०८१) बुधबार, बाँपीझ्याला । विजया दशमीको सातौ दिन आज महासप्तमीको दिन फुलपाती चाड मनाउने प्रचलन रहेको छ । जुन नेपाल राज्यभरीका शक्तिपिठमा फुलपाती भि¥याउने परम्परा रही आएको छ । यसै गरी दोलखामा शुभसाइतमा राजकुल तलेजु मन्दिरबाट बाजागाजा सहित पुजारी, पुरोहित ब्राह्मण, गुठीयारहरु कल्की र आवश्यक पूजा सामाग्रीहरु बोकेर भीमेश्वर मन्दिरमा जाने परम्परा रही आएको छ ।

भीमेश्वर मन्दिरमा चार गुठीयारहरु फूलपातीको डोली भित्र धानको बाला, अदुवाको बोट, लावा फूलपातीहरु राखेर डोली सिगारी डोली बोक्ने गुठीयारहरुमा अगाडी पट्टी त्यस वर्ष गुठी पालो पर्ने गुठीयार खलक, पछिल्लो तिर अर्को वर्ष गुठी पालो पर्ने गुठीयार खलक, केराको बोट बोक्ने गुठीयारहरु अगाडी र पछाडी पछिल्लो वर्ष पालो पर्ने गुठीयारहरु रहेको हुन्छन् ।
ती गुठीयारहरु पनि धोती र गन्जीमा सजियर केहि नखाइ चोखो नितो भै डोली र केराको बोट बोक्छन् र गुठीयार, छथरी मध्ये घण्टाकर्ण गुठी पालो पर्ने थरी गुठीयार, ब्राम्हणहरुबाट भीमेश्वर मन्दिरको दक्षिण दिसामा लिपपोत गरी विशेष मण्डप बानाइ त्यस मण्डप माथि डोली बोकी डोलीमा विधिवत पूजा गरी बोकालाई संकल्प गरीसकेपछि बोका पर्साईने गर्दछ ।

बोका पर्सिसकेपछि मण्डपमा विधि पूर्वक पूजागरि पालो पर्ने थरी गुठीयारले पहिला मूलफर्सी (कुभिण्डो) लाई मार हानी डोलीमा राख्दछ र पछि बोकालाई मार हानेर टाउको डोलीमा हाली बोका तीनपल्ट घुमाइ सकेर पूजा गरी डोली बोकेर पुनः राजकुल तलेजु मन्दिरमा बाजागाजा, भजन सहित लगि फूलपाती भित्र्याइने परम्परा अनुसार यसपालीको फुलपाती सम्पन्न भएको छ ।
फोटो : यमुना प्रधान, पत्रकार


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij