बाँपीझ्याला, काठमाडौं । तिहार भन्ने वित्तिकै उज्यालोको पर्वको रुपमा चिनिन्छ । तिहारमा हरेक नेपालीले गच्छेअनुसार घर सजाउँछन् । पछिल्लो समय भने घर सजाउन महँगो सजावट गर्ने प्रवृत्ति पनि बढेदै गएको छ । जसका कारण हरेक वर्ष घर सजाउने झिलिमिली बत्तीको कारोबार करोडौं रुपैयाँमा हुने गरेको छ ।
पूर्णतया बिदेशी आयातमा निर्भर रहेको यस्तो सजावटमा नेपालीहरुको आकर्षण भने हरेक वर्ष बढेदो छ । पछिल्लो समय नेपालमा लोडसेडिङको अन्त्य भएसँगै यस्तो बत्तिहरुको विक्रिवितरण झन बढेको छ । तर, यो वर्ष कोरोना भइरस (कोभिड–१९) का कारण आयात प्रभावित हुँदा बजारमा झिलिमिली बत्तीको अभाव हुने भएको छ ।
गत बर्ष तिहारका लागि मात्रै ६० करोड रुपैयाँ बढीका विजुली बत्तीहरु आयात गरेका व्यवसायीहरुले यो बर्ष भने मागअनुसार अर्थात कम मात्रामा बत्ती आयात गर्ने योजना बनाएका छन् ।
तर, हालसम्म तिहारका विजुली बत्ती आईनपुग्दा बजारमा अभावको सिर्जना हुन लागेको व्यवसायीहरु बताउँछन् । ‘बत्तीको माग त बढेको छ, तर आयात नहुादा भनेअनुसारको बत्तीका आईटम उपलब्ध छैन,’ एक व्यवसायीले भने, ‘बजारमा अभावजस्तै छ ग्राहक आउँछन् तर भनेजति र भनेजस्तो सामान दिन सकिएको छैन ।’
तर, यो बर्ष मागसँगै खपत पनि घट्ने भएपछि तिहारमा भित्र्याईने झिलिमिली बत्ति जम्मा २० करोड रुपैयाँ हाहारीमा मात्रै आयात हुने नेपाल व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले बताए । उनका अनुसार कोरोना महामारीका कारण कतिपय मानिसहरुले शहर छोडेर गाउँतिर गएपछि यसको माग घटेको हो ।
तरपनि शहरमा हुनेजति मानिसलाई पनि हाल भईरहेको विजुली बत्तीले पुग्न गाह्रो भएको व्यवसायी बताउँछन् । उक्त अभावलाई चाँडै समाधान गर्नेगरी यस्ता झिलिमिली बत्ती आयात गर्न लागेको महासंघका अध्यक्ष पौडेल बताउँछन् । व्यवसायीहरुले बर्षेनी ६० करोड रुपैयाँ हाराहारीका झिलिमिलि बत्तीहरु आयात गर्ने गरेका छन् । नेपालमा यस्ता बत्तीहरु खासगरी चीनबाट भित्रिन्छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij