
बाँपीझ्याला, दोलखा । सभामुख देवराज घिमिरेले राजनीतिक दल र नेताहरुको मुख्य ध्येय देश बनाउने भएपनि त्यसमा सफलता मिल्न नसकेको बताउनु भएको छ ।
दोलखाको विगु गाँउपालिका वडा नम्बर ५ चिलंखामा नेपाल हेल्पको सहयोगमा निर्माण भएको चक्रेश्वरी सामुदायीक स्वास्थ्य केन्द्रको उद्घाटनको क्रममा सभामुख घिमिरेले भन्नु भयो– राजनीतिक दल र नेताहरुको मुख्य ध्येय देश बनाउने नै हो तर आर्थिक, सामाजिक लगायत सबैखाले विकासको लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था छ ।
सभामुख घिमिरेले दोलखामा रहेको ऐतिहासीक थामी समुदायको जिवनस्तर उकास्न सरोकारवाला सबैले चासो दिनुपर्ने बताउनु भयो ।

चक्रेश्वरी सामुदायीक स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रविण खड्काको अध्यक्षमा सम्पन्न स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका सदस्य इश्वरी रिजाल, बागमति प्रदेश सदस्य भरत बहादुर केसी र ठूला थामी, नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य बालकृष्ण शिवाकोटी, विगु गाँउपालिकाका प्रमुख सञ्जीव ओली लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

चक्रेश्वरी सामुदायीक स्वास्थ्य केन्द्र निर्माणको लागि नेपाल हेल्पले तीन करोड रुपैया सहयोग गरेको स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रविण खड्काले जानकारी दिनु भयो । सूचना सम्प्रेशनको लागि आजको दैनिकबाट

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij