Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दरबार हत्याकाण्डमा ओलीको दाबी : ‘दीपेन्द्रले हत्या गरेका होइनन्’

दरबार हत्याकाण्डमा ओलीको दाबी : ‘दीपेन्द्रले हत्या गरेका होइनन्’

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः३ तृर्तिया (१ साउन, २०८३, १७ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नारायणहिटी दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्र शाहले नगरेको दाबी गरेका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डलाई दीपेन्द्रको प्रेम प्रसंगसँग जोडेर तयार पारिएको कथा विश्वभर फैलाइएको तर त्यसमा कुनै सत्यता नभएको जिकिर गरे।

उनले आफ्नै आमाबुवा तथा परिवारका सदस्यको सामूहिक हत्या गरेर दीपेन्द्रले आत्महत्या गरेको भन्ने प्रचार तथ्यमा आधारित नभएको बताए। दरबार हत्याकाण्ड कसले गर्‍यो भन्ने विषय अझै पनि स्पष्ट हुन नसकेको उनको भनाइ थियो।

ओलीले घटनाबारे सत्य तथ्य सार्वजनिक हुनुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार