
बाँपीझ्याला, काठमाण्डौं । नेपाल र चीनबीच १२ बुँदे सम्झौता भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरूले सम्झौता गरेका हुन् ।
जसमा १२ सम्झौता र १ समझदारी भएको छ । कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित सझौता भएको हो ।
नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशनसम्बन्धी सम्झौता चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीले आदानप्रदान गरेका छन् ।

विद्युत्, सडक पूर्वाधार, कृषि, व्यापारलगायत क्षेत्रमा १२ सम्झौता र १ समझदारी भएको हो । सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराउने तयारी रहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij