
बाँपीझ्याला, काठमाण्डौं । निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी सिनेमा ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फर्स्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन् । अभिमन्यु भारतीय मोडल हुन् । यो नै उनको पहिलो फिचर सिनेमा हो ।
भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ । यही गीतबाट उनले मोडलको रुपमा आफ्नो करिअर सुरुवात गरेका हुन् ।

एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्म्ससँग सहकार्य गरेर निर्माण गरेको सिनेमाका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत छन् भने सह(निर्माता अजित थापा र सनिस खकुरेल हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको सिनेमाको एसोसिएट निर्मातामा सुरज कुँवर र अजित पल सिंह छन् । निर्माता अमित स्वयंको सिनेमामा पटकथा लेखन रहेको छ ।
सिनेमामा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ । अघिल्लो वर्षको जेठमा लण्डनमा सिनेमाको छायांकन सुरु भएको थियो । सिनेमाको निर्माण कम्पनी एबी इन्टरनेशलले यसअघि ‘पासवर्ड’ र ‘सम्हालिन्छ कहिले मन’ सिनेमा निर्माण गरिसकेको छ भने नयाँ सिनेमा ‘लण्डन टू पेरिस’ प्रदर्शनको तयारीमा छ । यो कम्पनी विदेशी सिनेमा वितरणमा पनि संलग्न छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij