
बाँपीझ्याला, काठमाण्डौं । भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'जय हो'को बुधबार राजधानीमा प्रिमियर शोको आयोजना गरिएको छ । सिनेमाको प्रिमियर शोमा 'जय हो' हेर्न सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
फिल्म हेरेर हलबाट निस्कँदै गर्दा अधिकांश उपस्थित पाहुनाले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । फिल्म हेर्न बुधबार न्युरोडस्थित रञ्जना हलमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, बरिष्ठ अभिनेता हरिवंश आचार्य, निर्देशक दीपाश्री निरौला, नरेश पौडेल, घनश्याम लामिछाने, दिवाकर भट्टराई, लेखक प्रदीप भारद्धाज, अभिनेता सलिनमान बानियाँ, अभिनेत्री गौरी मल्ल, गायिका देविका बन्दना, गायक यम बराल, निर्मात्री पुनम गौतम, अभिनेत्री पूजा शर्मा, सुनिशा बजगाई लगायतको उपस्थिति रहेको थियो ।

फिल्म हेरेरपछि मिडियासँग कुराकानी गर्दै सवैले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । प्रिमियरमा फिल्म हेर्न अधिकांश पाहुनाले क्लाइमेक्सको प्रशंसा गरेका छन् । फिल्मको क्लाइमेक्सले भावुक बनाएको प्रतिक्रिया उपस्थित पाहुना र पत्रकारको थियो ।
चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले सलोनको अभिनयको प्रशंसा गरे । सलोनले कमेडी फिल्म मात्रै होइन 'जय हो' जस्तो सिरियस क्यारेक्टरलाई पनि न्याय गर्न सक्ने कलाकार भएको भन्दै प्रशंसामा शब्द खर्चिए । यस्तै अभिनेत्री पूजा शर्माले पनि फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिइन् । 'दान्भी'को छायांकन छोडेर फिल्म हेर्न आएकोमा आफुलाई पछुतो नभएको उनको प्रतिक्रिया थियो ।
यस्तै, अभिनेता हरिवंश आचार्यले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । फिल्ममा अभिनेता बस्नेत र अभिनेत्री केकी अधिकारीको कामले उनको मन जितेको बताए । साथै सिमाटोग्राफर सौरभ लामाको कामको पनि उनले तारिफ गरेका थिए ।
यता अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन् । उनलाई फिल्मका सवै कलाकारले इमान्दारिताका साथ काम गरेकाले आखाँलाई शितलता र मनलाई शान्ति मिलेको उल्लेख गरिन् । अभिनेता सलिनमान बनियालाई पनि फिल्म मन परेको बताए । अभिनेता सलोन बस्नेतका मिल्ने साथी भएका कारण पनि उनी लामो समयपछि फिल्मको प्रियियर कार्यक्रममा पुगेका थिए ।
आफु फिल्म हेर्न मात्रै नभई सलोनलाई सपोर्ट गर्न पनि लामो समयपछि फिल्मको प्रिमियर कार्यक्रममा पुगेको बताए । फिल्ममा हेरेर हलबाट निस्कदै गर्दा उस्को मेहनत र अभिनयले फिल्मलाई ज्यान दिएको भन्दै सवै दर्शकले एक पटक हेर्न पर्ने फिल्म बनेको बताए ।

फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो फिल्मबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको प्रेम पाण्डे कुमार थिङको पनि अभिनय रहेको छ ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij