बाँपीझ्याला, काठमाण्डौं । सन्नी देओल र अमिषा पटेल अभिनीत बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । गत शुक्रबार रिलिज भएको यो फिल्म पाँचौँ दिनसम्म आइपुग्दा दुई सय करोड क्लबमा प्रवेश गरेको छ । यो सँगै फिल्म ग्लोबल कमाई तीन सय करोड नजिक पुगेको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको कुल कमाई २२९ करोड भारु रहेको छ । बलिउड हङ्गामाको रिपोर्ट अनुसार फिल्मले विश्वभर २९०.५९ करोड भारु कमाई गरेको छ । यो छिट्टै तीन सय करोड क्लबमा पुग्ने अनुमान गरिएको छ ।
अनिल शर्माले निर्देशन गर्नुभएको फिल्ममा अमिषा पटेल र उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ ।
यस्तै, फिल्मले स्वतन्त्रता दिवसमा ५५ करोड भारु कमाएको हो । योसँगै फिल्म १५ अगस्टमा भारतीय सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यो सनी देओलको अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij