
बाँपीझ्याला, दोलखा । पशुपति चौलागाई स्मृति अस्पताल दोलखाले आज श्रावण १ गते देखि निःशुल्क दन्त सेवा प्रदान गर्ने भएको छ । अस्पतालले सेवाग्राहीको अवस्थालाई ध्यानमा राखी निःशुल्क दन्त सेवा प्रदान गर्न लागेको हो ।
अस्पतालमा अधिकांश बिरामी दाँतको समस्या लिएर आउने गरेको हुनाले अन्य सेवामा शुल्क निर्धारण गरे तापनि दन्त सेवामा भने निःशुल्क गर्न लागेको अस्पताल प्रमुख डा. ज्ञानेश्वर श्रेष्ठले बताए । आर्थिक वर्ष २०७९/८० मा अस्पतालले प्रदान गरेको सेवा सुविधाको बारेमा जानकारी दिने उद्धेश्यले आयोजित वार्षिक समीक्षा कार्यक्रममा अस्पतालले सोचेभन्दा राम्रो सेवा प्रवाह गरिएको जनाएको छ ।

एक वर्षको अवधिमा अस्पतालले पुरुष ८ हजार ९०२ र महिला १२ हजार १०३ गरी २१ हजार ५ जनालाई सेवा प्रदान गरेको छ । त्यस्तै, अस्पतालले विशिष्टीकृत सेवासमेत प्रदान गरेको जानकारी दिएको छ । जसमा विशिष्टीकृत सेवाअन्तर्गत हाडजोर्नी तथा नसा सम्बन्धी ४४०, मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा १२०, मानसिक रोगको विशेषज्ञ सेवा १५० र इन्ड्रोक्राइन १४३ जना रहेका छन् । दोलखा जिल्लावासीको लागि सूचना प्रवाह गर्न हेल्थ आवाजबाट ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij