
बाँपीझ्याला, दोलखा । जिपि कोईराला फाउण्डेशन दोलखाले शिखर पुरुष दिवंगत गिरिजाप्रसाद कोईरालाको १०० औ जन्म शताब्दिको अवसरमा दोलखाको गौरीशङ्कर बालगृहमा रहेका बालबालिका तथा आमाको माया छात्रावासमा रहेका बालबालिका र शारिरीक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तीहरुलाई पानी तताउने जग, थर्मश तथा स्टेशनरी सामग्री हस्तान्तरण गरेको छ ।
फाउण्डेशनले समाजसेवी शारदा उप्रेती घिमिरेले आफ्नो दिवंगत अभिभावक सोमकुमारी– कासिनाथ उप्रेतीको सस्मरणमा फाउण्डेशनलाई उपलब्ध गराएको एक लाख रुपैया रकमबाट ती सामाग्रीहरु खरीद गरी हस्तान्तरण गरेको जनाएको छ ।
फाउण्डेशनले शारिरीक तथा मानसिक रुपमा फरक क्षमता भएका ३५ जनालाई पानी तताउने जग र थर्मश एक–एक थान, गौरीशङ्कर बालगृहका २२ जना बालबालिकाहरुलाई स्टेशनरी सामग्री, तीन थान पानी तताउने जग र थर्मश तथा दुई वटा भलिबल हस्तान्तर गरेको छ ।

यसै गरी आमाको माया छात्रावासका नौ जना बालबालिकाहरुलाई स्टेशनरी सामग्री, भलिबल, पानी तताउने जग दुई दुई थान र थर्मश उपलब्ध गराएको कार्यक्रम संयोजक राजन वस्नेतले बताए ।
पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशङ्कर चौलागाईले उपलब्ध भलिबल उपलब्ध गराएको हो भनी वस्नेतले बताए ।
जिपि कोईराला फाउण्डेशन दोलखाका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा, समाजसेवी शारदा उप्रेती घिमिरे, दोलखा बैतेश्वर गाँउपालिकाका उपप्रमुख कल्पना उप्रेती, प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशङ्कर चौलागाई, नेपाली कांग्रेसको नेतृ गिता शिवाकोटी, युवा समाजसेवी राजेश उप्रेती र कार्यक्रम संयोजक राजन वस्नेतले मन्तव्य व्यक्त गर्नु भएको थियो । दोलखा जिल्लाको समाचार प्रवाहको लागि रेडियो भिमेश्वरबाट
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij