
बाँपीझ्याला, काठमाण्डौं । एक साता अगाडिदेखि छायांकन सुरु भएको फिल्म ‘दान्भी’मा समावेश ‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतको तस्वीर सार्वजनिक गरिएको छ । यो गीतको छायांकन सकेसँगै निर्माणपक्षले तस्वीरहरु सार्वजनिक गरेको हो । सार्वजनिक तस्वीरमा फिल्मका मुख्य २ कलाकारहरु नायिका पूजा शर्मा र नायक कुन्साङ बोमजमलाई फिचरिङ गरिएको छ । सार्वजनिक तस्वीरमा पूजा र कुन्साङ रोमान्टिक देखिएका छन् ।

हरि बहादुर घलेको छायांकन रहेको यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतको भिडियो हेर्दा निर्माणपक्षले उत्कृष्ट बनाउनका लागि खुबै मिहिनेत गरेको देखिन्छ । अर्जुन पोखरेलको संगीत रहेको यो गीतलाई चाडै नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । रुपेश तामाङको निर्देशनमा बनिरहेको यो फिल्ममा रविना थापा मगरको कथा छ ।

फिल्मलाई लभ स्टोरी र एक्सन कथामा निर्माण गर्ने निर्देशक रुपेशले जानकारी दिए । यो फिल्मको काठमाडौंमा हाल एक्सनको छायांकन भैरहेको छ । काठमाडौंमा एक्सन र दृश्य खिचेपछि बाँकी छायांकनका लागि दार्जिलिङ जाने तयारी निर्माणपक्षको छ । नायक कुन्साङ र नायिका पूजाले पहिलो पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् ।
फोटो : सुवास मगर
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij