Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

हुम्लामा आलुको मूल्य घट्दा किसान चिन्तामा

हुम्लामा आलुको मूल्य घट्दा किसान चिन्तामा

१९ असार, बाँपीझ्याला, काठमाण्डौँ । हिमाली जिल्ला हुम्लामा आलुको मूल्य दैनिक घट्दै गएपछि किसान मर्कामा पर्दै आएका छन् । उत्पादन बढी हुनु र बजार सानो भएपछि मूल्य घट्दै जाँदा किसानले आफ्नो लागतभन्दा कम मूल्यमा बिक्री गर्नु परेको हो ।

सिमकोट गाउँपालिका– ५ का कुम्म रोकायाले प्रतिकेजी ७० रुपियाँमा बिक्री भइरहेको आलु अहिले १५–२० रुपियाँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

रोकायासँग अहिले सात क्वीन्टलभन्दा बढी पुरानो आलु जमिन मुनी गाडेर राखेको अवस्थामा रहेको छ । उहाँले किन्न कोही नआउने र आफैँले बोकेर घर–घरमा पुर्याउनु पर्दा मोलमोलाई हुने गरेको गुनासो गर्नुभयो ।नयाँ आलु समेत बजारमा आउन सुरु भएपछि पुरानो आलु भएका किसान झनै मर्कामा पर्न थालेका छन् ।

यसैगरी वडा नम्बर ६ का गोरी रोकायाले आफुसँग भएको नौ क्वीन्टल आलुले बजार नपाएर जमिनमुनी गाडेर राखेको गुनासो गर्नुभयो । फाट्ट–फुट्ट बिक्री हुँदा पनि उपभोक्ताले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुहुँदै गोरीले आलु बिक्री नभएर कुहिएर खेर गएको समेत सुनाउनुभयो ।गत असोज महिनामा जमिनबाट निकालिएका आलुलाई जमिनमुनी खाल्डो खनेर किसानले भण्डारण गर्दै आएका छन् ।

उद्योग वाणिज्य सङ्घका सदस्य टेकबहादुर रोकायाले उत्पादन धेरै बजार सानो भएको कारण किसानका आलु बिक्रीमा समस्या भए पनि सस्तोमा बिक्री गर्नु परेको बताउनुभयो । उहाँले किसानसँग अहिले पनि आठ सयभन्दा बढी पुराना आलु भएको तर बिक्री हुने सम्भावना नभएको बताउनुभयो । सडक सञ्जान नजोडिएका कारण हवाई मार्गबाट जिल्ला बाहिर आलु बिक्रीका लागि लैजान सक्ने अवस्था नभएकाले समस्या हुने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार