बाँपीझ्याला, काठमाण्डौं । बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री अमिशा पटेर अभिनित फिल्म ‘कहो ना प्यार है’ १० करोड भारतीय रुपैयाँमा बनेको थियो । यस फिल्मले संसारभरबाट ६६.७४ करोड रुपैयाँ संकलन गरेको थियो ।
यस फिल्मले ९२ वटा अवार्ड जितेर गिनिज रेकर्ड बनाएको थियो। त्यस्तै, प्रभासको फिल्म ‘बाहुबली द बिननिंग’ ले सबैभन्दा लामो फिल्मको पोस्टरका लागि रेकर्ड बनाएको थियो । यस फिल्मका लागि ५० हजार फिट लामो पोस्टर बनाइएको थियो।
त्यस्तै, आमिर खानको फिल्म पीकेले ७९२ करोड रुपैयाँ कमाएको थियो । यो फिल्मले भारतबाहेक अन्य देशमा सबैभन्दा धेरै कमाउने पहिलो फिल्म बनेको थियो । जो पछि गिनिज वर्ल्ड रेकर्डमा दर्ज भएको थियो ।
त्यस्तै, पुरानो फिल्म ‘यादें’ पनि गिनिज बुकमा समावेश गरिएको छ । यस फिल्ममा केवल एक जना मात्र अभिनेता थिए र उनी थिए सुनील दत्त । त्यस्तै, ‘लव एन्ड गड’ फिल्म बनाउनका लागि पूरै २३ वर्ष लागेको थियो । त्यसैले, यसले लामो समयमा बन्न सफल फिल्मको किताब जितेको थियो ।
त्यस्तै, आमिर खान अभिनीत फिल्म ‘३ इडियट्स’ को नाम पनि गिनिज रेकर्डमा समावेश गरिएको छ । यो फिल्मले संसारभर ४६० करोड रुपैयाँ संकलन गरेर गिनिज रेकर्ड कायम गरेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij