Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

कवयित्री देवकी अभिलाषीको कविता ‘आदिवासी भोक’ लोकार्पण

कवयित्री देवकी अभिलाषीको कविता ‘आदिवासी भोक’ लोकार्पण

३० बैशाख, बाँपीझ्याला, काठमाडौं । आधुनिक कवयित्री देवकी अभिलाषीको समसामयिक कविता संग्रह ‘ आदिवासी भोक’ शीर्षकको कविता सँग्रह हिजो बैशाख २९ गते लोकार्पण भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गोपाल राईको प्रमुख आतिथ्यमा सो लोकार्पण लेखनाथ सभा कक्षमा भएको थियो । उक्त कार्यक्रमको सभापतित्व उषा शेरचनले गर्नुभएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि कुलपति गोपाल राई, सभापति उषा शेरचन, समालोचक एवम् निबन्धकार कुमारी लामा, पत्रकार राजकुमार वानियाँ सहित कवयित्री देवकीको समुपस्थितिमा ‘आदिवासी भोक’ नामक कविता सँग्रह लोकार्पण गरिएको थियो ।

कवयित्री देवकीको यस आदिवासी भोक कविता सँग्रह भित्र ४२ वटा लामा छोटा गद्य कविताहरू समावेश गरिएको छ । उक्त कवित सँग्रहको बारेमा टिप्पणी गर्दै समालोचक एवम् निबन्धकार कुमारी लामाले आदिवारी इतरकी कवयित्री देवकीले कठोर मेहनत गरेर हिम्मतका साथ यो कविता सँग्रह तैयार गरेकोमा आपूm अत्यन्तै प्रसन्न भएको कुरा व्यक्त गरेकी थिइन् । साथै देश र परिवेशको वास्तविकता चित्रण गर्न देवकी सक्षम भएकी छिन् भनेर प्रशंसा पनि गरेकी थिइन् ।

त्यसैगरी प्रमुख अतिथिको रूपमा रहेका कुलपति गोपाल राईले सो समारोहमा सम्मान गर्दै राई समुदायकै संस्कार अनुसार फेटा बाँधिदिएकोमा अघिपछिको रीतिरिवाजमा बाँधिएको फेटाभन्दा आजको फेटाले साहित्यिक भारी आफ्नो शिरमा गुँथिएको जस्तो महशुस भएको बताए ।

साथै उनले कवयित्री देवकीको प्रशंसा गर्दै आदिवासी आमाको कोखबाट जन्मिएकीले होला देवकीले बाहुनीलाई नै सोल्टीको संज्ञा दिएर जाँड खुवाउने प्रसङ्ग व्यक्त गर्दै समय परिवर्तनको व्याख्या गर्न खोजेको आभास मिलेको कुरा बताए । त्यस्तै कवि उमेश अकिञ्चन, पत्रकार राजकुमारले देवकी अभिलाष्किा कविताको बारेमा सकारात्मक टिप्पणी उठाएका थिए ।

एनआरएनए क्यालिफोर्निया अमेरिकाद्वारा प्रकाशन गरिएको सो कविता सँग्रहमा मानवीय चेतना, सांसारिक सद्भाव र समवेदनाका तर्कहरू समावेश गरिएका छन् । उर्वरा फाउण्डेसनको आयोजनामा भएको सो कार्यक्रममा त्यही सँग्रहमा उदृत भएका केही कविताहरू पनि विभिन्न सर्जकहरूले प्रस्तुत गरेका थिए ।

कवयित्री देवकी अभिलाषी नेपाली राइटर एसोसिएसनकी सचिव, उर्वरा फाउण्डेसन नेपालकी अध्यक्ष र उर्वरा पत्रिकाकी सम्पादक एवम् प्रकाशक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार