
२२ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहेको फिल्म ‘परस्त्री’ आगामी असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । निर्माताले शुक्रबार चार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् ।
बलिउड व्यापार समीक्षक तरण आदर्शले सबैभन्दा पहिलो पोस्टर सेयर गर्दै यो फिल्मको प्रदर्शन मिति घोषणा गरेका थिए । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण भएको यो फिल्म उक्त मितिमा नेपाली र हिन्दी भाषामा रिलिज हुने निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन् ।
सार्वजनिक भएका चार पोस्टरमा शिल्पासहित प्रमुख कलाकार फिचर्ड छन् । ‘इरोटिक रोमान्स’ जनरामा निर्माण भएको यो फिल्मले विवाहेत्तर सम्बन्धको कथा पेश गर्छ । पोस्टरमा शिल्पालाई रोमान्टिक र हट अवतारमा प्रस्तुत गरिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij