अजय प्रधान
बाँपीझ्याला, दोलखा । विश्वभरी कोविड –१९ को संक्रमणले गर्दा यतीवेला जनताहरु दुःख र कष्टका साथ कोविड संग लड्दै जिवन निर्वाह गर्दै आईरहेको छ । यसै गरी नेपालमा पनी यसको धेरै असंर परेको छ । यही सन्दर्भमा भोली देखि शुरु हुर्दै गरेको नेपालीहरुको महान चाड दशैलाई मध्यनजर गरी आफ्नो जन्मथलोमा फर्कि दशै मनाउन आउँने दोलखाली जनताहरुलाई कोविड १९ को संक्रमणले असर नपारुन र कोही कतै संक्रमीत व्यक्ती रहेपनी उनीहबाट रोग सर्न नसकोस भनी दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको
आज मिती २०७७ कार्तिक ६ गते बसेको बैठकको निर्णय अनुसार २०७७ कार्तिक ६ गते राती १२ बजे देखि २०७७ कार्तिक १२ गते राती १२ बजेसम्मका लागि दोलखा सदरमुकाम चरिकोट, दोलखा शहर, तामाकोशी बजार, मैनापोखरी बजार, शैलुङ गाउँपालिका स्थित बागखोर बजारमा रहेको औषधी पसल बाहेक अन्य पसल, होटेल, रेष्टुरेण्ट, सैलुन, लगाएतका सबै बजार पुर्ण रुपमा बन्द निर्णय गरेको छ ।
तर खाद्यान्न तथा तरकारी पसलहरु विहान ९ बजेसम्म मात्र खोल्न पाउने अनुमती दिएको छ । यसै गरी बाहिर जिल्लाबाट दोलखा चरिकोटको बाटो भएर आएका गाडीका प्यासेन्जर लामो समय सम्म ओरालेर राख्न नपाउने, २०७७ साल कार्तिक ९ गते १२ बजेदेखि २०७७ कार्तिक १४ गते राती १२ बजेसम्म बाहिर जिल्ला गन्तव्य स्थलसम्म जाने कुनैपनी सार्वजनिक तथा निजी सवारी साधन बाहेक जिल्लाभित्र संचालन हुने निजी, सार्वजनिक सवारी साधनलाई पुर्ण रोक लगाउने निर्णय समेत गरी चारवटा बुँदागत रुपमा कोविड १९ बाट सुरक्षण रहन निर्णय गरिएको सार्वजनिक सूचना दोलखा जिल्ल्लाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीज्युले सूचना जारी गरिएको समाचार प्राप्त भएको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij