
८ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । साउथ फिल्मका सुपरस्टार अजीत कुमार अहिले नेपालमा छन् । उनी बाइक हाँकेरै सिलगुडी हुँदै पहिलो पटक नेपाल आएका हुन् । उनी सुटिङका लागि नेपाल आएको चर्चा भए पनि यसबारेमा आधिकारिक जानकारी प्राप्त भएको छैन । यही सोमबार धनुषाको ढल्केबरमा खाजा खाएर काठमाडौंतिर हुँइकिएका उनी होटल शंकरमा बसेका थिए । अजीतले काठमाडौंमा दुई दिन बेतित गरे ।
यतिबेला उनी मुस्ताङ क्षेत्रमा छन् । काठमाडौंबाट अजीत बाइक चलाएरै त्यहाँ पुगेका हुन् । मुक्तिनाथ मन्दिरको अगाडि उनीसँग नेपाल प्रहरीका जवानदेखि अन्य व्यक्तिले खिचेका तस्बिरहरु अजीत कुमारको एक फ्यान क्लबको ट्विटर एकाउन्टमा उपलब्ध छ । अजीतको नेपालमा ठूलो क्रेज छ । बाइक हाँकेर नेपाल आउने क्रममा उनीसँग बाटो-बाटोमा सेल्फी खिच्नेको भीड लागेको थियो ।

अजीत ‘राइड फर म्यूचुअल रिस्पेक्ट’ अभियान अन्तर्गत बाइक चलाएर थाइल्यान्डदेखि युरोपसम्म पुगेका छन् । यही शिलशिलामा उनी नेपाल यात्रामा रहेको भारतको इन्डिया टाइम्सले उल्लेख गरेको छ । इन्डिया टाइम्सले लेखेको छ, ‘अजीत कुमारले नेपालमा आफ्नो ‘राइड फर म्यूचुअल रिस्पेक्ट’ अभियानको दोस्रो चरणको सुरुवात गरेका छन् ।’ अजीत बाइक राइडिङका सौखिन हुन् ।
प्रख्यात कार रेसर समेत रहेका अजीत कुमारले ‘फर्मूला २ च्याम्पियनशिप’, ‘२००३ फर्मूला एशिया बीएमडब्ल्यू च्याम्पियनशिप’सँगै विदेशका कयौं कार रेसिङमा भाग लिएका छन् । सन् १९९९ बाट अभिनय करिअर सुरुवात गरेका उनी अभिनीत पछिल्लो फिल्म ‘भलिमै’ बक्सअफिसमा सुपरहिट भएको थियो । नेपालमा उनी अभिनीत तमिल फिल्मको हिन्दी डब युट्युबमा सर्वाधिक हेरिन्छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij