
१६ चैत्र, बाँपीझ्याला, काठमाण्डौं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले बलिउड छाडेर अमेरिका जानुको कारण खुलाएकी छन्। उनले हालै डेक्स शेफर्डको पोडकास्टमा आफूले चाहे जस्तो फिल्म नपाएपछि र इन्डस्ट्रीमा राजनीति बढेपछि बलिउड छाडेको बताएकी हुन्।
‘बलिउडमा मैले काम पाइरहेको थिएँ। तर म खुशी थिइनँ। म यसबारे पहिलो पटक कुरा गर्दैछु किनकि मलाई यसबारे कुरा गर्न असुरक्षित महसुस हुन्थ्यो,’ उनले भनिन्।
उनले बलिउड छाड्नुकाे कारण बताउँदै भनिन्, ‘मलाई देसी हिट्सकी अञ्जली आचार्यले एक म्युजिक भिडिओ देखाएकी थिइन्। त्यतिबेला म सात खून माफको छायांकन गरिरहेकी थिएँ। अञ्जलीले मलाई अमेरिकामा आफ्नो म्युजिक करियर बनाउन चाहन्छौ भनेर सोधिन्। म त्यतिबेला बलिउडबाट भाग्ने अवसरको खोजीमा थिएँ।’

‘मलाई इन्डस्ट्रीले एक कुनामा धकेलिरहेको महसुस भइरहेको थियो। फिल्मकर्मीहरू मलाई कास्ट गर्न छोडिसकेका थिए। मबाट फिल्मकर्मीहरू असन्तुष्ट थिए। म त्यस्तो खेल खेल्न सक्दिन थिएँ। त्यसैले बलिउडको राजनीतिबाट थाकिसकेको थिएँ र म ब्रेक लिन चाहन्थेँ,’ उनले भनिन्।
प्रियंकाले आफ्नो अभिनय करियर छाडेर गीत गाउन सुरू गरेकी थिइन्। कामको खोजीमा उनी अमेरिका पुगेकी हुन्। उनले पिटबुल फर्रेल विलियम्स र जे जेड जस्ता गायकसँग काम गरिन्। तर उनी म्युजिकमा जम्न सकिनन्।

‘मैले म्युजिकबाट आफूलाई विश्वभर चिनाउने प्रयास गरेँ। म्युजिकमा राम्रो गर्न नसकेपछि अभिनय नै ठिक छ जस्तो लाग्यो,’ उनले भनिन्। उनले एबिसीको सिरिज ‘क्वांटिको’ मा काम गरेकी थिइन्। जसले उनलाई विश्वभर चिनायो। हाल प्रियंका अन्तर्राष्ट्रिय फिल्मसँगै शो पनि गरिरहेकी छन्।
उनी हलिउड स्पाइ वेब सिरिज ‘सिटाडेल’ र ‘लभ अगेन’ मा देखिनेछिन्। योसँगै उनी बलिउड फिल्म ‘जि ले जरा’ मा देखिनेछिन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij