
१४ चैत्र, बाँपीझ्याला, काठमाण्डौं । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथान चोक गाउँपालिकामा धमाधम भइरहेको छ । चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए । फिल्मको छायांकनमा मुख्य कलाकारहरू दयाहाङ राई, सम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर बाङ्देल व्यस्त छन् ।

निर्माण पक्षले उपलब्ध गराएको तस्विरमा दयाहाङ राई र शिशिर गफ गर्दै गरेको देख्न सकिन्छ । यस्तै, नायक कार्म नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्टिक देखिएका छन् । फिल्ममा वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यस्तै, फिल्मकी मुख्य नायिका मिरुना मगरको भने दृश्य छायांकन नभइसकेको निर्देशक लामाले जानकारी दिए ।

मनिष्मा फिल्मसको ब्यानरमा निर्माण भइरहेको यो फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् भने जय श्रेष्ठ यसका निर्माता हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ ।

निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ यो बर्षको सुपरहिट फिल्म हो । उनले ‘घामपानी, गोपि, छ माया छपक्कै’ लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् । लामाको फिल्ममा समाजमा देखिएको कुनै एक विषयलाई प्रस्तुत गरिएको हुन्छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij