
बाँपीझ्याला, काठमाण्डौं । वैशाख १ गतेदेखि रिलिजको तयारीमा रहेको फिल्म ‘जारी’को ट्रेलर रिलिज भएको छ । दयाहाङ राई, मिरुना मगर र रोयदीपको शीर्ष भूमिका रहेको फिल्मले लिम्बू समुदायमा रहेको जारीप्रथाको कथा प्रस्तुत गर्छ । फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको मर्मस्पर्शी ट्रेलर रिलिज गरिएको हो । फिल्ममा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा हुन्छन् । यो निस्सन्तान दम्पतीबीच समयक्रमसँगै सम्बन्धमा दरार आउँछ र मिरुनाको हात रोयदीपले थाम्छन् । ट्रेलरमा त्रिपक्षीय संघर्षलाई चित्रण गरिएको छ ।
‘कबड्डी ४’पछि दयाहाङ राई र मिरुना मगरले यो फिल्ममार्फत कमब्याक गरेका हुन् । रामबाबु गुरुङ फिल्मका निर्माता छन्। पत्रकार सम्मेलनमा निर्देशक सुब्बासहित निर्माता गुरुङ, कलाकारहरु दयाहाङ राई, मिरुना मगर, विजय बराल, शिल्पा मास्के, प्रियंका कार्की उपस्थित थिए । रामबाबु गुरुङको पछिल्लो फिल्म फूलबारीका शीर्ष कलाकारहरु प्रियंका र शिल्पा पनि प्रचारमा साथ दिन पुगेका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij