
१ चैत, बाँपीझ्याला, काठमाडौँ । सन् २०२६ को विश्वकप फुटबलमा फिफाले पुरानै फर्म्याटलाई निरन्तरता दिने भएको छ । अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपमा ४८ राष्ट्रले सहभागिता जानउछन् । टिमसंख्या बढेपछि फिफाले १६ समूह बनाउने तयारी गरेको थियो ।

तर २०२२ मा कतारमा भएको विश्वकपमा चार टिमको समूह प्रभाकारी रहेकोले फिफाले अब हुने विश्वकपमा पनि चार टिमकै १२ समूह बनाउने निर्णय गरेको हो । अफ्रिकी राष्ट्र रुवान्डामा भएको फिफा काउन्सिलले यो निर्णय गरेको हो । यस निर्णयसँगै अब २०२६ को विश्वकपमा कूल १०४ खेल हुनेछ । नयाँ फर्म्याट अनुसार हरेक समूहको शीर्ष दुईसँगै तेस्रो स्थानमा रहने ८ उत्कृष्ट टिम अन्तिम ३२ मा प्रवेश गर्नेछन् ।
यसअघि फाइनल पुग्ने टिमले ७ खेल खेल्ने गरेकोमा अब फाइनल पुग्ने टिमले ८ खेल खेल्नेछ । फिफा अध्यक्ष जियानी इन्फान्टिन्होले कतार विश्वकपको सफलतापछि गत डिसेम्बरमै २०२६ को विश्वकपमा चार टिमको समूह बनाउने बारे पिफाले सोचेको बताएका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij