
बाँपीझ्याला, काठमाडौँ । वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ जेठ ५ गते रिलिज हुने भएको छ । निर्माताले सोमबार टिजर सार्वजनिक गर्दै नयाँ मिति घोषणा गरेका हुन् । यसअघि यो फिल्म चैत १० गते रिलिज हुने भनिएपनि सम्पादन कार्यमा ढिलाइ भएकाले पोस्टपोन्ड भएको जनाइएको छ ।

बदलाको कथावस्तुमा आधारित यो फिल्मलाई रामराघव आचार्यले लेखन तथा निर्देशन गरेका हुन् । डेब्यु अभिनेता रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा र सुवास साहको समेत अभिनय छ । यो फिल्मलाई जयनन्दको अन्तिम फिल्म समेत भनिएको छ ।
फिल्मलाई बिना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । ‘प्रेमगीत ३’ फेम्ड सुदीप पौडेल यसका सहनिर्माता हुन् । फिल्म इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको हो । यसलाई देशव्यापी आरआर फिल्म्सले वितरण गर्नेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij