
बाँपीझ्याला, काठमाडौँ । छैटौं श्रृंखलासम्म आइपुग्दा ‘नाइँ नभन्नु ल’को कथावस्तुमा भिन्नता आइरहेजस्तो देखिन्छ । सन्तानसँगको प्रेम हुँदै सुरु भएको फिल्म बाल मनोविज्ञान र तन्नेरीको प्रेम हुँदै यतिबेला युवतीको प्रेम पाउन लडिने लडाइँको कथाजस्तो देखिन्छ ।

बिहीबर रिलिज भएको ‘नाइँ नभन्नु ल ६’ को टिजरमा एक्सन दृश्य भरिपूर्ण छ । डेब्युब्वाय आशिर्वाद क्षेत्रीलाई लभर-एक्सन चरित्रको रुपमा स्थापित गर्न खोजिएको छ । आँचल शर्माको प्रेम प्राप्तिका लागि उनले गर्ने संघर्षको कथावस्तुको छनक टिजरले दिन्छ ।
सरोज खनाल, केकी अधिकारी, प्रियंका कार्कीजस्ता चलेका अनुहार पनि यसमा छन् । आशिर्वाद र आँचललाई जोडीको रुपमा प्रस्तुत गरिएको छ भने अन्य कलाकार पारिवारक चरित्रको रुपमा छन् ।
विकासराज आचार्यको निर्देशन रहेको फिल्मको निर्माणमा उनले विष्णुमणि दाहालसँग सहकार्य गरेका छन् । सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान कार्यकारी निर्माता छन् । वैशाख १ गते प्रदर्शन मिति तय गरिएको फिल्म २०७१ सालमा रिलिज भएको ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखला हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij