
बाँपीझ्याला, काठमाडौँ । दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘बिहे पास’को आधिकारिक टिजर सार्वजनिक भएको छ । विवाहको लागि युवतीको मन जित्न प्रमुख पात्रले बुन्ने योजना र त्यसबारे यथार्थ खुलेपछि सम्बन्धमा आउने उतारचढाव यसको केन्द्रीय कथावस्तु हो ।

फिल्ममा दयाहाङले सीआईबी अफिसरको भूमिका निर्वाह गरेका छन् । प्रेमकथामा आधारित यो फिल्ममा पहिलोपटक दयाहाङ र प्रकृतिले स्क्रिन सेयर गरेका हुन् । विवाहपछि पतिसँगै अष्ट्रेलिया लागेकी प्रकृति लामो समय फिल्मबाट टाढिइन् । उनको पछिल्लो फिल्म ‘उत्सव’ नौ वर्षअघि रिलिज भएको थियो । उनको डेब्यु फिल्म ‘होस्टेल’ थियो । दयाहाङको पछिल्लो फिल्म ‘फूलबारी’ अहिले प्रदर्शन भइरहेको छ ।
प्रवेश पौडेल निर्देशित यो फिल्म वैशाख १ गते प्रदर्शन हुँदैछ । फिल्ममा शिशिर बाङ्देल, बुद्धि तामाङ र रविन्द्र झाको पनि अभिनय छ । रोजन श्रेष्ठले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij