
बाँपीझ्याला, काठमाडौँ । विपिन कार्की र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद २’ आगामी वैशाख १ गते नेपालसहित अष्ट्रेलियामा रिलिज हुने भएको छ । फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार गोर्खे इन्टरटेनमेन्ट र नमस्ते इन्टरटेनमेन्टले खरिद गरेका छन् ।

प्रदर्शन अधिकारसम्बन्धी सम्झौतामा निर्माता सुवास थापा र वितरक रञ्जितराज वन्तबीच सम्झौता भएको छ । फिल्मलाई उक्त मितिमा अष्ट्रेलियाका विभिन्न हलमा रिलिज गरिने सम्झौतामा उल्लेख छ ।
पाँच वर्षअघि रिलिज भएको ‘प्रसाद’को दोस्रो श्रृंखलाको रुपमा आउन लागेको सोसल ड्रामालाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्ममा विपिन र केकीसहित अर्पण थापाको प्रमुख भूमिका छ । फिल्मलाई सुशील पौडेलले लेखेका हुन् । फिल्मको पहिलो भाग पनि अष्ट्रेलियामा व्यावसायिक रुपमा सफल बनेको थियो ।
‘प्रसाद २’ले पनि पहिलेभन्दा धेरै साथ पाउने विश्वास हामीले लिएका छौं,’ निर्माता थापाले भने, ‘आशा छ, यसपटक पनि दर्शकको मन जित्ने छौं ।’
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij