
बाँपीझ्याला, काठमाडौँ । नेपालमा राम्रो चर्चा बटुलेको फिल्म ‘फूलबारी’ डायस्पोराको ठूलो बजार अष्ट्रेलियामा समेत रिलिज हुने भएको छ । फेब्रुअरी २५ र २६ गते सिड्नीको ब्याक्स टाउनस्थित होयत्स हलबाट फिल्म रिलिज हुने भएको हो । त्यसपछि अष्ट्रेलियाब्यापी प्रदर्शनको तयारी भैरहेको वितरक रोशन भट्टराई र विनोद पौडेलले जानकारी दिए ।

१९ फ्रेबुअरीमा क्यानभरा, २० र २२ फ्रेबुअरीमा डार्बिन, एडिलेड र मेलबर्नमा फ्रेबुअरी २२ मा फिल्म प्रदर्शन हुने भएको छ । त्यसपछी तासमनिया, ब्रिसबेन र पर्थमा पनि देखाइने भएको छ । शुक्रबारदेखि नेपालमा रिलिज भएको फिल्मले दर्शकको राम्रो साथ पाएको छ । विशेषगरि पारिवारिक दर्शकले यसलाई रुचाएको जानकारी निर्देशक रामबाबु गुरुङले दिए ।
‘कबड्डी ४’पछि निर्देशक गुरुङको कमब्याक भएकाले पनि फिल्मलाई लिएर उत्साह थियो । पारिवारिक कथावस्तु भएकाले पनि दर्शकले यसलाई रुचाएको जनाइएको छ । अष्ट्रेलियाको बिभिन्न सहरमा फूलबारीलाई नेपोज एजुकेसन एण्ड भिसा सर्भिसेस र एस पिपुल एण्ड भिसा सर्भिसेसले प्रदर्शन गर्न लागेका हुन् । पछिल्लो समय अष्ट्रेलिया नेपाली फिल्मको आकर्षक बजार बनिरहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij