Nov 26 2026 | २०८३, मंसिर १०, गते

Nov 26 2026 | २०८३, मंसिर १०, गते

वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ले पोस्टरसहित रिलिज मिति सार्वजनिक

वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ले पोस्टरसहित रिलिज मिति सार्वजनिक

बाँपीझ्याला, काठमाडौँ । वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ले पोस्टरसहित रिलिज मिति सार्वजनिक गरेको छ । सार्वजनिक भएका दुई पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको छ ।

यो फिल्म चैत १० गते रिलिज हुने भएको छ । लभस्टोरी, थ्रिलर र कमेडी जनराको फिल्ममा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायत अभिनय छ । फिल्ममा बाल कलाकार कृष्मा खड्का र इभान सन्जेलको पनि अभिनय छ ।

रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई विना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् । सहनिर्मातामा सुदीप पौडेल छन् । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार