
बाँपीझ्याला, काठमाण्डौं । अष्ट्रेलियाको सांगीतिक टुरमा रहेको लोकरक ब्याण्ड नेपथ्यले मेलबर्नमा भव्य प्रस्तुति दिएको छ । दुई हजारभन्दा बढी दर्शकमाझ नेपथ्यले सोमबार मेलबर्नको फोरम हलमा आफ्नो सांगीतिक जादू देखायो ।
भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा आयोजित कन्सर्ट भएकाले नेपथ्यले ‘मेरो हजुर’ गीतको भिडियोबाट सुरुवात गरेको थियो । त्यसपछि मञ्चमा आफ्ना ब्याण्ड सदस्यसँगै मञ्चमा उक्लिएका गायक अमृत गुरुङले पुरानो गीत ‘आँगनैभरि हिउँ नै झरे’बाट कार्यक्रमको थालनी गरेका थिए ।

अनि छेक्यो छेक्यो, लामपाते सुर्ती गाएका अमृतले आफ्ना अनुभव र निष्कर्षसमेत सुनाउन भ्याए । उनले दर्शकहरुको उत्तेजना बढाउने मात्र होइन, संवेदनालाई पनि बलियो बनाउने आफूहरुको उद्देश्य रहेको बताए ।
नेपथ्यले यो वर्ष आफूलाई ‘मानवताको लागि संगीत’ अभियानमा होमेको छ । अमृतले अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुलाई थोरै गोजीखर्च बचाएर भए पनि नेपालमा मानवताका लागि योगदान गरिदिन आग्रह गरे ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij